images

२०८३ आश्विन २ गते

images
images
images

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानका यात्रुले एयरहोस्टेसमाथि दुर्व्यवहार गरेपछि...

काठमाडौंबाट दिल्ली उड्न लागेको विमानका यात्रुले एयरहोस्टेसमाथि दुर्व्यवहार गरेपछि...

images
images
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको एयर इन्डियाका जहाजका एक यात्रुले एयरहोस्टेसमाथि दुर्व्यवहार गरेपछि जहाज फर्काइएको छ ।अहिले बेलुका सवा ५ बजे जहाज टेकअफ हुने बेलामा एक यात्रुले लफडा गर्दै एयरहोस्टेसमाथि दुर्व्यवहार गरेको पाइएको छ । टेकअफ गर्ने बेलामा शौचालय जान चाहेका यात्रुलाई रोकेपछि लफडा सुरु भएको बताइएको छ ।

    images
    images

    विमानका यात्रुले लफडा गरेपछि टेकअफ गर्न लागेको जहाज फर्काइएको छ । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलका अनुसार अहिले जहाजलाई पार्किङमा राखिएको छ ।दुर्व्यवहार गर्ने यात्रुलाई जहाजबाट निकालेर प्रहरीले सोधपुछ गरिरहेको छ ।  विमानस्थलका एसएसपी बसन्त रजौरेले बाह्रखरीसँगको कुराकानीमा एक यात्रुले ‘रक्सी खाएर लफडा गरेको पाइएको’ बताए ।सूचना अधिकारी पौडेलले पनि मापसे गरेका यात्रुका समस्या आएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend