पोखरा । पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले अस्थायी सेवाका लागि सहायक लेखापाल पदमा कर्मचारी माग गरेको छ। क्याम्पसले योग्य तथा इच्छुक नेपाली नागरिकबाट पहिलोपटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन माग गरेको हो।
सूचनाअनुसार सहायक लेखापाल (लेखा समूह, सहायक दोस्रो तह) मा एक जना कर्मचारी नियुक्त गरिनेछ। उक्त पदका लागि व्यवस्थापन संकायबाट कम्तीमा १०ं२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ।
उम्मेदवार छनोटका लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सञ्चालन गरिने क्याम्पसले जनाएको छ। परीक्षा सम्बन्धी मिति, समय र स्थान आवेदन दिने अन्तिम मिति सकिएपछि क्याम्पसको वेबसाइट, फेसबुक पेज तथा सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ।
आवेदकको उमेर १८ देखि ३५ वर्षभित्र हुनुपर्नेछ भने महिला उम्मेदवारका हकमा अधिकतम उमेर सीमा ४० वर्षसम्म कायम गरिएको छ। नियुक्त कर्मचारीको पारिश्रमिक क्याम्पसको प्रचलित नियमअनुसार उपलब्ध गराइने जनाइएको छ।
आवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, बायोडाटा सहितको निवेदन, शैक्षिक योग्यताका प्रमाणपत्रहरू, सम्बन्धित क्षेत्रमा कार्य गरेको भए अनुभव प्रमाणपत्र तथा कम्प्युटरसम्बन्धी ज्ञानको प्रमाण पेश गर्नुपर्नेछ। आवेदन शुल्क रु. ५०० तोकिएको छ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात र शुल्कसहित पोखरा–१७, छोरेपाटन, कास्कीस्थित क्याम्पस प्रशासन कार्यालयमा कार्यालय समयभित्र आवेदन बुझाउन सक्नेछन्।
क्याम्पसका अनुसार सूचना २०८३ साउन १ गते प्रकाशित भएको हो भने साउन १५ गते कार्यालय समयभित्र आवेदन दर्ता गर्नुपर्नेछ।
थप जानकारीका लागि क्याम्पसको ०६१–४५५६७७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।





.gif)





