पोखरा । विश्वभरका पदयात्रीको रोजाइमा पर्ने मार्दी हिमाल ट्रेकमा यात्रा गर्ने पर्यटकका लागि सिदिङ गाउँस्थित ‘चिया काका’ आकर्षक विश्रामस्थलका रूपमा परिचित बन्दै गएको छ। ट्रेकको यात्रालाई थप सहज, आरामदायी र स्मरणीय बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको ‘चिया काका’ले नेपाली आतिथ्य संस्कृतिलाई पर्यटकमाझ प्रस्तुत गर्दै आएको छ।
“यात्राको थकान बिर्साउने एक कप चिया, आफ्नै घरजस्तै आत्मीयता” भन्ने नारासहित सञ्चालनमा रहेको ‘चिया काका’ले स्वदेशी तथा विदेशी पर्यटकलाई तातो चिया, कफी र अन्य पेय पदार्थका साथै स्वादिष्ट नेपाली तथा स्थानीय परिकार उपलब्ध गराउँदै आएको छ।
ट्रेकर्सलाई लक्षित गरी यहाँ सफा र आरामदायी बसाइ, आत्मीय एवं मित्रवत् सेवा, निःशुल्क वाइफाइ, मोबाइल चार्जिङ सुविधा तथा पार्किङको व्यवस्था गरिएको छ। यात्राको बीचमा विश्राम लिन चाहने पदयात्रीका लागि यो स्थान उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको सञ्चालकको भनाइ छ।
मार्दी हिमाल ट्रेकको प्राकृतिक सौन्दर्यसँगै सिदिङ गाउँबाट देखिने मनमोहक हिमाली दृश्य, हरियाली वातावरण र स्थानीय संस्कृतिले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ। यही कारण धेरै पदयात्रीले ‘चिया काका’मा विश्राम गर्दै स्थानीय स्वाद र आतिथ्यको अनुभव लिने गरेका छन्।
सञ्चालकका अनुसार, “एक पटक आउनुहोस्, बारम्बार फर्किन मन लाग्छ” भन्ने भावनाअनुसार सेवा प्रदान गर्ने प्रयास भइरहेको छ। ट्रेकिङका क्रममा आराम, स्वाद र आत्मीय सेवा खोज्ने पर्यटकका लागि ‘चिया काका’ उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ।




.gif)





