images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन...

बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म

बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म

images
images
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • बागमती, ३ साउन । बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ ।

    images
    images

    यसअघि असार मसान्तसम्म मात्रै भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था थियो । कतिपय विद्यार्थीको कक्षा १२ को ‘ट्रान्सक्रिप्ट’ बन्न ढिलाइ भएको भन्ने गुुनासो आएसँगै आवेदन भर्ने म्याद थप गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज)का अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुुभयो ।

    विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि एवं शिक्षाशास्त्र तथा समाजिक विज्ञान सङ्कायअन्तर्गत हुने सेमेष्टर प्रणालीका स्नातक तहका शैक्षिक कार्यक्रमका लागि आवेदन माग गरेको छ ।

    images
    images

    विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी)का साथै शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायमा स्नातक तहको कक्षा सञ्चालन सुरु गरेकामा तीनवटै सङ्कायको पहिलो सेमेष्टरको परीक्षाफल एक हप्ताभित्र प्रकाशित गरेको थियो ।

    उच्च शिक्षालाई प्रदेश तहमा जिम्मेवारी दिएअनुरुप २०८१ साल जेठ २५ गते बागमती विश्वविद्यालय स्थापना भएको थियो । त्यसअन्तर्गत आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पस चितवन, हेटौँडा क्याम्पस मकवानपुर, जनमैत्री क्याम्पस काठमाडौँ, भुवानीशङ्कर क्याम्पस चितवन, चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक र कपन क्याम्पस काठमाडौँ रहेका छन् । विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसमा गरी हाल ५५० विद्यार्थी अध्ययनरत छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend