images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो,कतिमा...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो,कतिमा भइरहेछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्यो,कतिमा भइरहेछ कारोबार ?

images
images
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिका र इरानले दुई सातादेखि जारी सैन्य आक्रमण सप्ताहन्तमा अस्थायी रूपमा रोकेपछि कच्चा तेलको मूल्य सोमबार करिब ४ प्रतिशतले घटेको हो । दुवै देशबीच कूटनीतिक समाधानको सम्भावना बढेसँगै स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी पुनः सामान्य हुन सक्ने आशाले बजारमा सकारात्मक प्रभाव परेको छ ।सोमबार बिहान लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३ डलर ९६ सेन्टले घटेर ९२ डलर ८२ डलरमा झरेको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव १ प्रतिशत कम हो । कारोबारको सुरुआती चरणमा यसको मूल्य केही समयका लागि ९० डलरभन्दा तलसम्म आएको थियो ।त्यस्तै, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि ४ डलर शून्य २ सेन्ट घटेर प्रतिब्यारेल ८५ डलर २९ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरिको तुलनामा ४ दशमलव ५ प्रतिशत कम हो । 

    images
    images

    लगातार तीन सातासम्म बढेको तेलको मूल्य अहिले करिब एक सातायताकै न्यून स्तरमा पुगेको छ । यसअघि अमेरिका–इरान द्वन्द्वका कारण स्ट्रेट अफ होर्मुज हुँदै हुने तेल ढुवानी प्रभावित भएपछि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुगेको थियो । द्वन्द्व लाल सागरसम्म फैलिँदा विश्वकै प्रमुख तेल निर्यातकर्ता साउदी अरबबाट बाब अल–मन्देब जलडमरूमार्ग हुँदै एसियातर्फ हुने तेल निर्यातमा समेत अवरोध सिर्जना भएको थियो ।संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक प्रयासलाई समय दिन इरानमाथिको अमेरिकी हवाई आक्रमण अस्थायी रूपमा रोक्ने निर्णय गरेको बताएका थिए । त्यसपछि इरानले पनि अमेरिकाले आक्रमण नगरेसम्म आफूले पनि प्रतिआक्रमण नगर्ने जनाएको छ ।आईएनजी बैंकका विश्लेषकहरूले अमेरिका र इरानले थप सैन्य कारबाही नगरेपछि बजारमा तनाव कम हुने संकेत देखिएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्य तीव्र रूपमा घटेको बताएका छन् । उनीहरूका अनुसार बजारले सकारात्मक समाचारको लामो समयदेखि प्रतीक्षा गरिरहेको थियो । यद्यपि सैन्य कारबाही रोकिए पनि स्ट्रेट अफ होर्मुज हुँदै जहाज आवागमन अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन । क्लेपरको तथ्यांकअनुसार सप्ताहन्तमा दैनिक १० भन्दा कम मालवाहक जहाज मात्र उक्त जलमार्गबाट आवतजावत गरेका थिए ।

    मएसटी मार्कीका विश्लेषक साउल काभोनिकका अनुसार धेरै ढुवानी कम्पनी अझै पनि सुरक्षा अवस्थाप्रति विश्वस्त छैनन् । त्यसैले स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानी विस्तारै मात्र बढ्ने सम्भावना रहेको उनले बताएका छन् । यसैबीच, यमनका हुथी विद्रोहीले रेड सी तटस्थित साउदी अरेबियाका तेल पूर्वाधारमा आक्रमण गरेपछि बाब अल–मन्देब जलडमरूमार्ग हुँदै हुने जहाज आवागमन पनि आइतबार घटेको छ । यद्यपि एक चिनियाँ सुपरट्याङ्कर भने उक्त मार्ग हुँदै सफलतापूर्वक बाहिरिएको बताइएको छ ।

    images
    images

    विश्लेषकहरूले मध्यपूर्वमा जारी सुरक्षा जोखिम र रुस–युक्रेन युद्धका कारण विश्वव्यापी तेल आपूर्ति अझै पनि प्रभावित हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार यदि तेल आपूर्तिमा निरन्तर अवरोध रह्यो भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढ्न सक्ने र त्यसले विश्वव्यापी मुद्रास्फीतिमाथि थप दबाब सिर्जना गर्न सक्नेछ । यसैबीच, युक्रेनले सप्ताहन्तमा रुसका विभिन्न तेल भण्डारण केन्द्र तथा तेलसम्बन्धी पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend