images

२०८३ आश्विन २ गते

images
images
images

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • गण्डकी, १२ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घरभित्र रहेका अन्नपात, लत्ताकपडा तथा भाडावर्तन पुरिएका छन् । 

    सोही ठाउँका छानबहादुर क्षेत्रीको घर पहिरोका कारण चर्किएको छ भने करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

    images
    images

    स्थानीय राजमान विकको गोठमा पहिरो पस्दा एउटा पाडो मरेको र एउटा भैँसी घाइते भएको छ । यसैगरी, खुसीमाया विक र पूर्णबहादुर सुनारको घर पहिरोका कारण जोखिममा परेको जनाइएको छ । 

    उक्त घटनामा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताएका छन् ।  

    घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरीचौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेल नेतृत्वको प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend