images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • ‘रेड नोटिस’ जारी भएका राई कतारबाट...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ, १४ साउन । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् ।
     
    एनसिबी कतार दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने।गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
     
    सो मुद्दामा संलग्न रही फरार उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ चैत १९ गते रेड नोटिस जारी भएको थियो ।
     
    उनलाई सम्बन्धित कसुरबमोजिम कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend