images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • सार्वजनिक ऐलानी जग्गामा आठ हजार बिरुवा...

सार्वजनिक ऐलानी जग्गामा आठ हजार बिरुवा रोपियो

सार्वजनिक ऐलानी जग्गामा आठ हजार बिरुवा रोपियो

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • वीरगञ्ज (पर्सा), १४ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षरोपण गरेको छ । गाउँपालिकाले वृक्षरोपण अभियानलाई निरन्तरता दिँदै बुधबार वडा नं ६ औराहास्थित आठ बिगाहा सार्वजनिक ऐलानी पर्ती जग्गामा आठ हजार बिरुवा रोपेको हो ।

    images
    images

    ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहगनी, अम्बा, टिक र सिसौलगायतका विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपिएको गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवले जानकारी दिए । वृक्षरोपण गरिएको क्षेत्रलाई तारबार गरी संरक्षणको व्यवस्था गरिएको छ ।

    वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गरेकामा  सङ्घीय सरकारबाट सम्मानसमेत प्राप्त गरिसकेको गाउँपालिकाले यसअघि पनि ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नं  ४ को सोहपुर–सोहरीस्थित छ बिगाहा क्षेत्रफलमा वृक्षरोपण गरिसकेको छ । 

    images
    images

    यस्तै, वडा नं १ को पिडारी गुठीस्थित सात बिगाहा तथा वडा नं २ को दसौतास्थित १२ र १५ बिगाहा ऐलानी जग्गामा वृक्षरोपण गरेको थियो ।

    गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले वडा नं २ को लक्ष्मीपुरस्थित २० बिगाहा ऐलानी जग्गामा एक साताभित्र वृक्षरोपण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले ऐलानी तथा सार्वजनिक जग्गामा वृक्षरोपण गर्दा ती जग्गाको संरक्षण हुनुका साथै हरियाली प्रवद्र्धन, वातावरण संरक्षण र दीर्घकालीन रूपमा स्थानीय समृद्धिमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    पर्साका एसपीको सरुवा 

    प्रहरी प्रधान कार्यालयले पर्साका प्रहरी प्रमुख (एसपी) सुदीपराज पाठकको सरुवा गरेको छ । पाठकलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् । 
       
    उनको स्थानमा पवनकुमार भट्टराईलाई जिल्ला प्रहरी कार्यालय पर्साको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । शनिबार यहाँस्थित नारायणी अस्पतालका चिकित्सक मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गरी गम्भीर घाइते विरोधका क्रमा स्वास्थ्यकर्मीले एसपी पाठकको राजीनामा मागेका थिए । 

    वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा निधन भएको थियो । सो घटनापछि उनका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत डा राममाथि आक्रमण गरी गम्भीर घाइते बनाएपछि स्वास्थ्यकर्मीले विरोध गर्दै आएका थिए । 

    कुटपिटबाट गम्भीर घाइते भएका डा रामको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोही घटनाको विरोधमा मङ्गलबार नारायणी अस्पतालका ७१ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend