images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको एसीसीए जुन...

ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको एसीसीए जुन २०२६ परीक्षामा ऐतिहासिक सफलता

ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको एसीसीए जुन २०२६ परीक्षामा ऐतिहासिक सफलता

images
images
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा नेपाल तथा विश्वस्तरमा उत्कृष्ट नतिजा हासिल गर्दै संस्थाको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्‍याएका छन्।एसीसीए प्लाटिनम अप्रुभ्ड लर्निङ पार्टनर तथा लाइसेन्स प्राप्त कम्प्युटर–आधारित परीक्षा (सीबीई) केन्द्रका रूपमा परिचित ब्रिटिश प्रोफेशनल कलेजले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा, अनुभवी शिक्षकको मार्गदर्शन र उत्कृष्ट सिकाइ वातावरणमार्फत विद्यार्थीलाई विश्वव्यापी करियरका लागि सक्षम बनाउँदै आएको जनाएको छ।

    images
    images

    यसपटकको परीक्षामा सहारा मगियाले परफर्मेन्स म्यानेजमेन्ट (पीएम) विषयमा नेपाल प्रथम तथा विश्व आठौँ स्थान हासिल गरेकी छन्। त्यस्तै, नेहा खतिवडाले स्ट्राटेजिक बिजनेस लिडर (एसबीएल) विषयमा नेपाल प्रथम र विश्व अठारौँ स्थान प्राप्त गरेकी छन्। आशुतोष शर्माले स्ट्राटेजिक बिजनेस रिपोर्टिङ (एसबीआर) विषयमा नेपाल प्रथम तथा विश्व एघारौँ स्थान हासिल गरेका छन्।यस्तै, आशास्वी कुमारी श्रेष्ठले एड्भान्स्ड ट्याक्सेसन (एटीएक्स) विषयमा नेपाल दोस्रो तथा विश्व सत्रौँ स्थान प्राप्त गरेकी छन्। शेलिश्मा सिवाकोटीले परफर्मेन्स म्यानेजमेन्टमा नेपाल तेस्रो र विश्व तेह्रौँ स्थान हासिल गरेकी छन् भने राकेश साहले स्ट्राटेजिक बिजनेस रिपोर्टिङ विषयमा नेपाल दोस्रो र विश्व तेह्रौँ स्थान प्राप्त गरेका छन्।यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका प्रोफेसनल एजुकेशन प्रमुख दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीहरूको अथक मेहनत, समर्पण र अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनकै परिणामस्वरूप यस्तो सफलता सम्भव भएको बताए। उनले राष्ट्रिय मात्र नभई विश्वस्तरमा उत्कृष्ट नतिजा हासिल गरेर विद्यार्थीहरूले ब्रिटिश प्रोफेशनल कलेजको शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाएको उल्लेख गर्दै सबै सफल विद्यार्थीलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

    यसैबीच, ब्रिटिश प्रोफेशनल कलेजले सेप्टेम्बर २०२६ एसीसीए इन्टेकका लागि भर्ना खुला भएको जनाएको छ। एसीसीए अध्ययन गर्न इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित ब्रिटिश प्रोफेशनल कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन तथा समयमै आफ्नो सिट सुरक्षित गर्न कलेजले आग्रह गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend