images

२०८३ आश्विन २ गते

images
images
images

२०२५ मा ७४८ जनाले चढे सगरमाथा, कुल आरोही हजार नजिक

२०२५ मा ७४८ जनाले चढे सगरमाथा, कुल आरोही हजार नजिक

images
images
शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । सन् २०२५ को आरोहण सिजनमा कुल ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा ४६४ जना नेपाली र २८४ जना विदेशी आरोहीहरू रहेका छन् ।यससँगै सन् २०२५ को डिसेम्बर सम्ममा सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९,८२५ पुगेको छ ।  प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि विभिन्न ४३ वटा देशका नागरिकहरू नेपाल आएका थिए ।

    images
    images

    विदेशी नागरिकतातर्फ सबैभन्दा बढी भारतका ६१ जना, अमेरिकाका ४७ जना, चीनका ५२ जना, बेलायतका १९ जना, रुसका १६ जना र युक्रेनका ८ जनाले सफलता प्राप्त गरेका छन् । नेपालको दक्षिण–पूर्वी रिज (साउथ–इस्ट रिज) मार्ग प्रयोग गरी अधिकांश आरोहीहरूले वसन्त ऋतुमा आरोहण पूरा गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend