images

२०८३ आश्विन २ गते

images
images
images

शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

सुनसरी घटनाप्रति लुम्बिनी–कपिलवस्तु विश्व अभियानको चिन्ता

images
images
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  • काठमाडौँ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायत क्षेत्रमा हालै उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै धार्मिक, सामाजिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

    images
    images

    अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नेपालले सदियौँ देखि धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई आफ्नो पहिचानका रूपमा स्थापित गर्दै आएको उल्लेख गर्दै उक्त परम्परालाई निरन्तरता दिन सबै नागरिक, समुदाय र सरोकारवालालाई संयम अपनाउन आह्वान गरिएको छ।

    विज्ञप्तिमा हाल उत्पन्न परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति–सुरक्षा तथा सुव्यवस्थालाई पूर्ववत् अवस्थामा फर्काई नागरिकको शान्तिपूर्ण जीवनयापन सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारबाट प्रभावकारी पहल हुने विश्वास व्यक्त गरिएको छ।

    images
    images
    Press Release on Sunsari incident-1.jpg
    undefined

    अभियानले अहिलेको अवस्थामा आरोप–प्रत्यारोप र दोषारोपणभन्दा हिंसा रोक्ने तथा परिस्थिति सामान्य बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ। परिस्थिति पूर्ण रूपमा सामान्य नहुँदासम्म सबै पक्षले उत्तेजना, आक्रोश र प्रतिशोधको भावना त्यागी संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ।

    सबै धर्मको मूल मर्म प्रेम, सहिष्णुता र सद्भावको सन्देश दिनु हो, विज्ञप्तिमा उल्लेख गर्दै अभियानले वर्तमान परिस्थितिमा विभाजनभन्दा एकता, संयम र पारस्परिक सम्मानलाई आत्मसात गर्न सबैलाई आग्रह गरेको छ।

    यसैगरी, घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायसँग अभियानले आग्रह गरेको छ।

    साथै, घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत अभियानले कामना गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend