images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • एनसीएमटीको राष्ट्रिय ईस्पोर्ट्स प्रतियोगितामा होरा एस्पोर्ट्स...

एनसीएमटीको राष्ट्रिय ईस्पोर्ट्स प्रतियोगितामा होरा एस्पोर्ट्स पहिलो

एनसीएमटीको राष्ट्रिय ईस्पोर्ट्स प्रतियोगितामा होरा एस्पोर्ट्स पहिलो

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । नेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स (एनसीएमटी) कलेजले आयोजना गरेको ‘बुयाह ब्लिट्ज सिजन–२’ फ्री फायर ईस्पोर्ट्स प्रतियोगिताको उपाधि होरा एस्पोर्ट्सले जितेको छ। सामाखुशीस्थित एनसीएमटी कलेज परिसरमा एक सातासम्म सञ्चालन भएको ल्यान (LAN) ग्रान्ड फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै होरा एस्पोर्ट्स च्याम्पियन बनेको हो।

    images
    images
    NCMT Blitz.jpg
    undefined

    प्रतियोगिता गत जुलाई ३ देखि अनलाइन दर्तासँगै सुरु भएको थियो। नेपालभरबाट ५७६ टोली सहभागी भएको प्रतियोगितामा टोलीहरूले अनलाइन छनोटका तीन चरण, क्वार्टरफाइनल र सेमिफाइनल पार गर्दै अन्तिम १८ टोलीले जुलाई २६ देखि ३१ सम्म सञ्चालन भएको ल्यान ग्रान्ड फाइनलमा स्थान बनाएका थिए।

    लिग चरणको ढाँचामा सम्पन्न ग्रान्ड फाइनलपछि शीर्ष १२ टोलीले कुल तीन लाख रुपैयाँ पुरस्कार राशिमा भाग पाएका छन्। प्रतियोगिताको उपाधिसँगै होरा एस्पोर्ट्सले ८० हजार रुपैयाँ नगद पुरस्कार हात पारेका छन्। दोस्रो स्थानमा दादा ग्याङ र तेस्रो स्थानमा हामी दम्मी एस्पोर्ट्स रहँदा काठमाडौँ एस्पोर्ट्स, कफिन मेकर्स एस्पोर्ट्स, सग्गु परिवार, द शिल्ड, पीएनएल एस्पोर्ट्स, भोइड सर्पेन्ट्स, भी जोड्स, नेपसीआरडब्ल्यू अफिसियल तथा हेलबाउन्डएक्स शीर्ष १२ भित्र परेका छन्। दोस्रो देखि बाह्रौं स्थान सम्मका टोलीलाई ५० हजार रुपैयाँ देखि ३ हजार रुपैयाँ सम्म नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन्।

    images
    images

    एनसीएमटी ईस्पोर्ट्स कम्युनिटीले गेम विकासकर्ता गरेना फ्री फायरको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामार्फत विद्यार्थी र नेपाली गेमिङ समुदायलाई प्रतिस्पर्धात्मक प्लेटफर्म उपलब्ध गराउने तथा ईस्पोर्ट्सको प्रवर्द्धन गर्ने उद्देश्य रहेको कलेजले जनाएको छ।

    कार्यक्रमलाई उत्पादन साझेदारका रूपमा झुशे एस्पोर्ट्स, व्यवस्थापन साझेदारका रूपमा डेफसट अफिसियल, गेमिङ साझेदारका रूपमा किल जोन, इन्टरनेट साझेदारका रूपमा सीजीनेट तथा प्रशिक्षण साझेदारका रूपमा राष्ट्रिय रोजगार प्रशिक्षण केन्द्रले सहयोग गरेका थिए। साथै काठमाडौंका विभिन्न खाद्य तथा आतिथ्य साझेदारहरूको समेत सहयोग रहेको आयोजकले जनाएको छ।

    ल्यान ग्रान्ड फाइनलमा छनोट भएका सबै टोलीलाई आर्कषक डिजाइन गरिएको एनसीएमटी ईस्पोर्ट्स जर्सी प्रदान गरिएको थियो। प्रतियोगिताका सबै खेल एनसीएमटी कलेजको आधिकारिक युट्युब र इन्स्टाग्राम मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो, जसले देशभरका ईस्पोर्ट्स समर्थकलाई प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्रदान गरेको आयोजकले जनाएका छन्।

    एनसीएमटी कलेजले आगामी अगस्टमा ‘बुयाह ब्लिट्ज सिजन–२’ को प्रोमोसनल शोडाउन आयोजना गर्ने घोषणा पनि गरेको छ। उक्त प्रतियोगितामा शीर्ष तीन टोलीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ तथा उत्कृष्ट खेलाडी (एमभीपी)लाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    कलेजले यस्ता प्रतियोगिता मार्फत नेपालको बढ्दो ईस्पोर्ट्स क्षेत्रलाई व्यावसायिक बनाउने, नयाँ प्रतिभा पहिचान गर्ने र डिजिटल खेलकुद क्षेत्रमा अवसर सिर्जना गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend