images

२०८३ आश्विन २ गते

images
images
images

५०० जनाका लागि ट्रेकिङ गाइड तालिम, नाथमले माग्यो आवेदन

५०० जनाका लागि ट्रेकिङ गाइड तालिम, नाथमले माग्यो आवेदन

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) ले पर्यटन र हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न ६ वटा विधाका तालिमहरूका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ र असोज महिनाबाट सुरु हुने गरी ट्रेकिङ गाइडदेखि डिप्लोमा इन कुलिनरी आर्ट्ससम्मका तालिमहरूमा इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।प्रतिष्ठानले यस पटक सबैभन्दा बढी ५०० जनाका लागि ट्रेकिङ गाइड तालिमको अवसर ल्याएको छ। ५ हप्ता अवधिको यस तालिमका लागि प्लस टु उत्तीर्ण वा एसईई उत्तीर्ण गरी ट्रेकिङ क्षेत्रमा अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

    images
    images

    त्यस्तै, ११० जनाको कोटा रहेको १५ दिने ट्रेकिङ पोर्टर गाइड तालिमका लागि पनि दरखास्त खुला गरिएको छ। यी दुवै तालिमका लागि आवेदन दिने अन्तिम म्याद आगामी साउन २९ गतेसम्म तोकिएको छ भने भदौ ८ र १० गतेदेखि तालिम सुरु हुने प्रतिष्ठानले जनाएको छ।हस्पिटालिटीतर्फ प्रतिष्ठानले ३ महिने कुक (बेसिक फुड प्रिपरेसन), एक महिने बेकरी र एक महिने बारिस्ता तालिमका लागि पनि आवेदन आह्वान गरेको छ। ४० जनाको कोटा रहेको कुक र बेकरी तथा २० जनाको कोटा रहेको बारिस्ता तालिम असोज १ गतेदेखि सञ्चालन हुनेछन्। यसका साथै, ४४ जना प्रशिक्षार्थीका लागि एक वर्षे 'डिप्लोमा इन कुलिनरी आर्ट्स' को पनि आवेदन खुला गरिएको छ, जसका लागि आगामी भदौ १७ गतेसम्म फाराम भर्न सकिने र असोज १२ गतेदेखि कक्षा सुरु हुनेछ।

    तालिम शुल्कका हकमा ट्रेकिङ पोर्टर गाइडका लागि ३ हजार ५ सय र ट्रेकिङ गाइडका लागि १० हजार रुपैयाँ तोकिएको छ भने कुक, बेकरी र बारिस्ताको शुल्क क्रमशः ३० हजार र २४ हजार रुपैयाँ रहेको छ। एक वर्षे डिप्लोमा कोर्सका लागि भने २ लाख ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। प्रतिष्ठानले बारिस्तामा कम्तीमा १० जना, बेकरी र कुकमा २० जना तथा डिप्लोमा कोर्समा २२ जना आवेदक पुगेमा मात्र तालिम सञ्चालन गरिने शर्त समेत राखेको छ।इच्छुक आवेदकले दरखास्त फारामका साथमा नागरिकता, शैक्षिक योग्यता, अनुभवको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो बुझाउनुपर्नेछ। १ हजार रुपैयाँ फाराम दस्तुर बुझाएर प्रतिष्ठानको कार्यालय वा वेबसाइटबाट फाराम प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ । 

    images
    images
     

    Capture

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend