images

२०८३ आश्विन २ गते

images
images
images

अमेरिकाले भेनेजुएलाका १४७ आप्रवासीलाई गर्‍यो डिपोर्ट

अमेरिकाले भेनेजुएलाका १४७ आप्रवासीलाई गर्‍यो डिपोर्ट

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • वासिङ्टन डीसी । अमेरिकाले १४७ जना भेनेजुएली आप्रवासीलाई डिपोर्ट गरेको छ । दुई महिनाअघि आएको शक्तिशाली भूकम्पका कारण डिपोर्ट प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो । जुनमा गएको भूकम्पपछि पहिलो पटक पटक सोमबार भेनेजुएली आप्रवासीलाई डिपोर्ट गरिएको हो ।अमेरिकी सञ्चारमाध्यमका अनुसार सोमबार फ्लोरिडाको मियामीबाट उडेको विमान भेनेजुएलाको आन्जोआतेगुई राज्यस्थित जनरल जोसे एन्टोनियो आन्जोआतेगुई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जुन महिनाअघि हरेक साता सयौं भेनेजुएली आप्रवासीलाई स्वदेश फिर्ता पठाउँदै आएको थियो । तर जुनको अन्त्यतिर लगातार आएका ७ म्याग्निच्युडभन्दा शक्तिशाली दुई भूकम्पले भेनेजुएलामा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएपछि निर्वासन उडान रोकिएको थियो ।भूकम्पमा ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने देशका विभिन्न क्षेत्रका हजारौं घर, सरकारी भवन र पूर्वाधार ध्वस्त भएका थिए । संयुक्त राष्ट्रसंघीय निकायहरूको अनुमानअनुसार यस विपत्तिले भेनेजुएलाको अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ ।भूकम्प आउनुभन्दा केही घण्टाअघि मात्र अमेरिकाबाट १४६ जना भेनेजुएली बोकेको अर्को विमान राजधानी कराकासस्थित सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार ती यात्रुलाई अस्थायी रूपमा राखिएको होटल भूकम्पका कारण भत्किँदा त्यही उडानका धेरै यात्रुले ज्यान गुमाएका थिए ।त्यसपछि मानवीय अवस्थालाई ध्यानमा राख्दै अमेरिकाले केही समयका लागि निर्वासन उडान स्थगित गरेको थियो । यसपटक भने भूकम्पबाट क्षति पुगेको मुख्य विमानस्थलको सट्टा आन्जोआतेगुई राज्यको विमानस्थल प्रयोग गरिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend