images

२०८३ आश्विन २ गते

images
images
images

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक नेपाल प्रवेश, राजस्व ८६ लाख ६५ हजार रुपैयाँ

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक नेपाल प्रवेश, राजस्व ८६ लाख ६५ हजार रुपैयाँ

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये १५० महिला र १५० जना पुरुष छन्।

    images
    images

    सो अवधिमा ती पर्यटकबाट रु ८६ लाख ६५ हजार १८५ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए । उनका अनुसारमा आर्थिक वर्ष २०८१/८२ मा त्यस नाकाबाट १६८ पर्यटक नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये महिला ७९ जना र पुरुष ८९ जना थिए । त्यस वर्ष पर्यटकबाट रु ६७ लाख ८२ हजार ५२५ राजस्व सङ्कलन भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend