images

२०८३ आश्विन २ गते

images
images
images

दलालको प्रलोभनमा सुन नबोक्न विमानस्थल सुरक्षा कार्यालयको आग्रह

दलालको प्रलोभनमा सुन नबोक्न विमानस्थल सुरक्षा कार्यालयको आग्रह

images
images
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकहरूलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परेर सुन तथा बहुमूल्य वस्तु नल्याउन अनुरोध गरेको छ।हालका दिनहरूमा दुबई, कतार लगायतका विभिन्न मुलुकमा श्रम स्वीकृतिमा काम गरी नेपाल आउने क्रममा केही नेपाली नागरिकहरूलाई अपरिचित व्यक्तिहरू, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाई सुनका सिक्री, अन्य बहुमूल्य धातुका सामान तथा वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने गरेको पाइएको छ। 

    images
    images

    त्यसका लागि खरिद बिल समेत उपलब्ध गराउने गरेको र त्यस्ता वस्तुहरू नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुन बमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पक्राउ परी कानुनी कारबाहीको सामना गर्नुपरिरहेको छ।र्यालयले सूचना जारी गर्दै अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरूले प्रलोभनमा पारी दिएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन आग्रह गरेको छ। अरूको सामान, झोला वा प्याकेटको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन समेत प्रहरीले सचेत गराएको छ। खरिद बिल वा अन्य कागजात भएको भन्दैमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न र सानो लापरबाहीले ठुलो कानुनी समस्या निम्त्याउन सक्नेतर्फ ध्यान दिन अनुरोध गरिएको छ।

    दलालको प्रलोभनमा नपरी अवैध सुन ओसारपसारबाट टाढा रहन आग्रह गर्दै विमानस्थलमा भेटिएका शङ्कास्पद गतिविधि वा प्रलोभनबारे सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन समेत सुरक्षा कार्यालयले अनुरोध गरेको छ।

    images
    images
     

    763098590_1569388291229823_4659146899039881711_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend