images

२०८३ आश्विन २ गते

images
images
images

पर्यटकका लागि प्राकृतिक गनतव्य बन्दै सल्यानको ‘धागेछरा झरना’

पर्यटकका लागि प्राकृतिक गनतव्य बन्दै सल्यानको ‘धागेछरा झरना’

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । सल्यान सल्यानको कालीमाटी गाउँपालिका–३, जुगेनामा अवस्थित धागेछरा झरना पछिल्लो समय जिल्लाकै आकर्षक प्राकृतिक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।करिब १०० मिटर अग्लो भीरबाट पहाडको काख चिर्दै झर्ने यो झरनाको मनोरम दृश्यले यहाँ पुग्ने जो-कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ। चिसो हावा, झरनाको गर्जन र वरिपरिको हरियालीले प्रकृतिसँग नजिकिएको अनुभूति दिलाउँछ।धागेछरा झरनाको सबैभन्दा ठूलो विशेषता भनेको बाह्रै महिना निरन्तर पानी बगिरहनु हो। गर्मी होस् वा जाडो, वर्षा होस् वा हिउँद, झरनाको सौन्दर्य उस्तै मनमोहक देखिन्छ। यही विशेषताका कारण यो झरना अन्य धेरै मौसमी झरनाभन्दा फरक र विशेष मानिन्छ। सल्यानमै यति अग्लो, आकर्षक र वर्षभरि पानी बग्ने झरना विरलै भेटिन्छ ।

    images
    images

    केही वर्षअघिसम्म यो प्राकृतिक सम्पदा स्थानीयबाहेक धेरैको पहुँच र जानकारीमा थिएन। प्रचार–प्रसारको अभावले ओझेलमा परेको धागेछरा झरना पछिल्ला वर्षहरूमा विभिन्न मिडिया तथा सामाजिक सञ्जालमार्फत फोटो तथा भिडियोमार्फत चिनिन थालेपछि पर्यटकको रोजाइमा पर्न थालेको हो। अहिले बिदाका दिन परिवार, साथीभाइ तथा प्रकृतिप्रेमीहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ।स्थानीय मनोज गिरीका अनुसार सामान्य दिनमा पनि दैनिक करिब ५० जना जति आन्तरिक पर्यटक झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। पर्यटकको संख्या वर्षेनी बढ्दै जाँदा यस क्षेत्रको पर्यटन विकाससँगै स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न थालेको छ।

    कसरी पुग्ने ?

    images
    images

    धागेछरा झरना सल्यानको सदरमुकाम खलंगाबाट कालीमाटीतर्फ जाने सडकखण्डमा पर्छ। खलंगाबाट गाडी वा मोटरसाइकलमा करिब ३० मिनेटको यात्रापछि झरनासम्म सहजै पुग्न सकिन्छ। सदरमुकामदेखि झरनासम्म कालोपत्रे सडक भएकाले यात्रा सहज, सुरक्षित र आरामदायी छ।दाङको तुलसीपुरबाट करिब २ घण्टा तथा सुर्खेतको बोटेचौरबाट पनि करिब २ घण्टाको सवारी यात्रामा धागेछरा झरनासम्म पुग्न सकिन्छ। झरनाको नजिकसम्म सडक सुविधा पुगेकाले सबै उमेर समूहका पर्यटकलाई यहाँ पुग्न सहज छ।प्राकृतिक सौन्दर्य, सहज पहुँच, वर्षभरि बग्ने पानी र शान्त वातावरणका कारण धागेछरा झरना सल्यानको पर्यटन क्षेत्रको महत्वपूर्ण पहिचान बन्दै गएको छ। आवश्यक पूर्वाधारको थप विकास, सरसफाइ र प्रभावकारी प्रचार–प्रसार गर्न सके यो झरना आगामी दिनमा कर्णाली प्रदेशकै उत्कृष्ट प्राकृतिक पर्यटन गन्तव्यमध्ये एक बन्न सक्ने प्रशस्त सम्भावना बोकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend