images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६...

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • जनकपुरधाम, २१ साउन । धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२।८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ ।

    images
    images

    अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए । यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फछ्र्योट भएको सूचना अधिकारी महतोले बताएका छन् । उनका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

    अदालतले अघिल्लो आव २०८१।८२ मा पाँच हजार ७०१ मुद्दा फछ्र्योट गरेको थियो । त्यस वर्ष पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार १७९ मुद्दा अघिल्लो आवबाट सरेर आएका थिए । कूल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फछ्र्योट गरिएको अदालतले जनाएको छ । 

    images
    images

    धनुषा जिल्ला अदालतले स्वचालित पेसी प्रणाली लागू गरेपछि सेवाग्राहीले छिटो, छरितो र पारदर्शी न्याय सम्पादनको अनुभूति गर्न थालेको अदालतको दाबी छ । प्रणाली लागू भएपछि पेसी व्यवस्थापनमा सहजता आएको, मुद्दाको सुनुवाइ प्रक्रिया व्यवस्थित भएको तथा सेवाप्रवाहमा सुधार आएको सूचना अधिकारी महतोले बताएका छन् । अदालत प्रशासनले आगामी दिनमा पनि न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै लैजाने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend