images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • पेट्रोल बोकेको ट्याङ्कर रौतहटमा दुर्घटना,पूर्ण रूपमा...

पेट्रोल बोकेको ट्याङ्कर रौतहटमा दुर्घटना,पूर्ण रूपमा जलेर नष्ट

पेट्रोल बोकेको ट्याङ्कर रौतहटमा दुर्घटना,पूर्ण रूपमा जलेर नष्ट

images
images
बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौँ, २१ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धन्सार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट १२ हजार लिटर पेट्रोल लिएर सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिए लगत्तै आगलागी भएको प्रहरीले जनाएको छ।

    images
    images

    प्रारम्भिक अनुसन्धानअनुसार जङ्गलबाट अचानक सडकमा आएको मृगलाई बचाउने प्रयासमा चालकले गाडी मोड्दा ट्याङ्कर अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनापछि पेट्रोलमा आगो सल्किँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा आगो नियन्त्रणको काम थालेको थियो।

    images
    images

    चन्द्रपुर नगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका तथा जीतपुरसिमरा उपमहानगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    दुर्घटनापछि केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पनि अहिले सडक सञ्चालनमा आइसकेको छ। प्रहरीले ट्याङ्कर चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend