images

२०८३ आश्विन २ गते

images
images
images
  • कला / संस्कृति
  • तमिलनाडुका मुख्यमन्त्री विजयकी पत्नी संगीताले फिर्ता...

तमिलनाडुका मुख्यमन्त्री विजयकी पत्नी संगीताले फिर्ता लिइन् सम्बन्ध विच्छेदको निवेदन

तमिलनाडुका मुख्यमन्त्री विजयकी पत्नी संगीताले फिर्ता लिइन् सम्बन्ध विच्छेदको निवेदन

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता सी. जोसेफ विजयकी पत्नी संगीताले सम्बन्ध विच्छेदका लागि दायर गरेको निवेदन फिर्ता लिएकी छन्।

    images
    images

    शुक्रबार चेङ्गलपट्टु पारिवारिक अदालतमा भएको सुनुवाइका क्रममा संगीताले भिडियो कन्फरेन्समार्फत उपस्थित भएर सम्बन्ध विच्छेदको मुद्दा अघि बढाउन नचाहेको जानकारी गराएकी थिइन्। त्यसपछि अदालतले उनको निवेदन फिर्ता लिन अनुमति दिँदै मुद्दा बन्द गरेको हो।

    सुनुवाइका क्रममा न्यायाधीश डी। सुजाताले संगीतासँग करिब १५ मिनेट सोधपुछ गरेपछि निवेदन फिर्ता लिने उनको निर्णयलाई स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

    images
    images

    संगीताले यसै वर्ष सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गरेकी थिइन्। निवेदनमा उनले विजयमाथि एक अभिनेत्रीसंँग विवाहेतर सम्बन्ध रहेको आरोप लगाएकी थिइन्। उनले उक्त सम्बन्धबारे आफूले सन् २०२१ को अप्रिलमा जानकारी पाएको दाबी गरेकी थिइन्। यद्यपि उनले निवेदनमा सम्बन्धित अभिनेत्रीको नाम खुलाएकी थिइनन्।

    संगीताले विजयले आफूलाई मानसिक यातना दिएको, बेवास्ता गरेको तथा त्यागेको आरोपसमेत लगाएकी थिइन्। उनले दाम्पत्य जीवनमा उत्पन्न परिस्थितिका कारण आफूहरू एउटै घरमा रहे पनि छुट्टाछुट्टै बस्न बाध्य भएको दाबी गरेकी थिइन्।

    उनले सन् १९५४ को विशेष विवाह ऐनअन्तर्गत विवाह विच्छेदको माग गर्दै अदालतमा निवेदन दिएकी थिइन्।

    निवेदन फिर्ता लिएसँगै हाल उक्त मुद्दाको अदालतसम्बन्धी प्रक्रिया अन्त्य भएको छ। अदालतको यो निर्णयले विजय र संगीताबीचको वैवाहिक विवादसम्बन्धी चलिरहेको कानुनी प्रक्रिया तत्कालका लागि टुंगिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend