images

२०८३ आश्विन २ गते

images
images
images

नेपालयले सार्वजनिक गर्‍यो २५ वर्षमुनिका ७५ लेखकका कृति

नेपालयले सार्वजनिक गर्‍यो २५ वर्षमुनिका ७५ लेखकका कृति

images
images
आइतवार, श्रावण २४ २०८३
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौँ । नेपालयले २५ वर्षमुनिका ७५ नयाँ लेखकका कथा, कविता र निबन्ध समेटिएका तीन पुस्तक सार्वजनिक गरेको छ । शनिबार कालिकास्थानस्थित नेपालयको आरशालामा आयोजित कार्यक्रममा २५ कथाकार, २५ कवि र २५ निबन्धकारका रचना समेटिएका पुस्तक सार्वजनिक गरिएको हो । गत वर्ष नेपालयले २५ वर्षमुनिका लेखकबाट कथा, कविता र निबन्ध आह्वान गरेको थियो ।पुस्तक सार्वजनिक कार्यक्रममा युवा लेखकहरूको उल्लेख्य सहभागिता थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडालले युवाहरूमा लेखपढप्रतिको उत्साह देखेर आफू प्रभावित भएको बताइन् ।

    images
    images

    कथा विधामा अजय कार्की, अनिता धिताल, अनुष्का लामिछाने, अमित भट्टराई, आर्या अधिकारी, ईशान ढकाल, उमेश कार्की, कविराज क्षत्री, कृतिशा अमात्य, तेजकुमार राई, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसूदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेलका कथा संकलित छन् ।नयाँ कथाकारसँग आख्यानकार नारायण वाग्लेले खुला वार्ता गरेका थिए । वाग्लेले युवा लेखकहरूको कथा शैली र शिल्प परिपक्व रहेको उल्लेख गर्दै उनीहरूका प्रश्न र धारणाले नयाँ आख्यानिक सम्भावना देखाएको बताए । विधामा अनिता तिवारी, अनुपा गैरे, आर्य निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीनकुमार नेपाली, नारन न्यौपाने, प्रज्वल लोहनी, प्रदीप योङ्हाङ्, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् ।

    कविहरूसँग कवि तथा आख्यानकार श्रवण मुकारुङले खुला संवाद गरेका थिए । उनले नयाँ पुस्ताका लेखकको समय आएको उल्लेख गर्दै उनीहरूका कृतिले नेपाली साहित्यमा नयाँ स्वर थपेको बताए । निबन्ध विधामा अनुकृत लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धीरजप्रताप मल्ल ठकुरी, नुमा थाम्सुहाङ, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्षका निबन्ध समेटिएका छन् ।निबन्धकार भूषिता वशिष्ठले नयाँ निबन्धकारसँग अनलाइनमार्फत संवाद गरेकी थिइन् । उनले युवा लेखकका रचनामा विषय, शैली र साहित्यिक परिपक्वता देखिएको बताइन् । तीन विधाका रचना छनोट गर्ने श्रवण मुकारुङ, नारायण वाग्ले र भूषिता वशिष्ठले ७५ रचनाकारसँग संवाद गरेका थिए । केही लेखक देशबाहिर तथा काठमाडौं बाहिरबाट अनलाइनमा सहभागी भएका थिए ।

    images
    images

    युवा लेखकका परिपक्व विचार, धारिला प्रश्न र गहिरा जिज्ञासाले छनौटकर्ताहरू प्रभावित भएका थिए । मुकारुङले नेपाली साहित्यमा नयाँ पुस्ताका बलिया लेखक सृजनशील र वैचारिक हस्तक्षेपसहित उदाएको बताए ।नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले ‘पल्पसा क्याफे’ उपन्यास प्रकाशनबाट सुरु भएको नेपालयको यात्रा २० वर्ष पुगेको अवसरमा नयाँ पुस्ताका लेखक खोजी गरिएको बताए ।सन् २०२५ मा ‘२५ वर्षका २५’ शीर्षकमा खुला रचना आह्वान गरिएको थियो । आह्वानमा संसारभरबाट उत्साहजनक सहभागिता भएको आह्वानका परिकल्पनाकार तथा सम्पादक विमल आचार्यले बताए । युवाहरू पढ्दैनन् र लेख्दैनन् भन्ने भाष्यमाथि अनुसन्धान तथा सर्वेक्षणसमेत गरिएको उनले बताए ।नेपालयले शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न कार्यक्रमसहित नेपालय साहित्य उत्सव आयोजना गरेको थियो । कार्यक्रममा समाजशास्त्री तथा ‘सन्धिकाल’ पुस्तकका लेखक लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ विषयमा मुख्य मन्तव्य दिएका थिए ।त्यसैगरी नेपालयले अघिल्लो वर्ष प्रकाशन गरेका ‘जगज्जननी उसकी आमाको नाम होइन’, ‘सलह’ र ‘पैकेलो’ उपन्यासका सर्जक नारायण ढकाल, श्रवण मुकारुङ र ओम रिजालबीच ‘आजको आख्यान’ विषयमा छलफल भएको थियो ।

    उत्सवको अन्त्यमा नेपथ्य ब्यान्डले सन् २००४ मा गरेको नेपाल यात्राबारेको वृत्तचित्र प्रदर्शन गरिएको थियो। नेपालयले हरेक अंग्रेजी महिनाको तेस्रो शुक्रबार आरशालामा फिल्म क्लब सञ्चालन गर्ने घोषणा पनि गरेको छ ।युवा लेखकका कथा, कविता र निबन्धसहित तीन पुस्तकको सेटको मूल्य एक हजार ९९५ रुपैयाँ तोकिएको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम र अमेजनमार्फत उपलब्ध हुने नेपालयले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend