images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै,

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै,

१५औँ महाधिवेशन तयारी मुख्य एजेन्डा

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • ललितपुर, २५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ ।

    images
    images

    आइतबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय तथा पार्टीका प्रस्तावित एजेन्डाबारे जानकारी गराएका थिए । महामन्त्री प्रदीप पौडेलले बैठकमा छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गराएका थिए ।

    बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई प्रमुख एजेन्डा बनाइएको छ । महाधिवेशन तयारीका क्रममा पार्टीको नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरण, महाधिवेशन तयारी समिति गठन तथा विधान मस्यौदा समिति गठनलगायत विषयमा छलफल हुने भएको छ ।

    images
    images

    त्यस्तै, महाधिवेशनका लागि प्रचारप्रसार, भोजन तथा आवास र मञ्च व्यवस्थापनलगायत उपसमिति गठन गर्ने विषय पनि बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्ने प्रस्तावसमेत बैठकको एजेन्डामा रहेको छ ।

    कांग्रेसले पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल गर्ने भएको छ । सरकारको १०० दिनपछिका गतिविधिको समीक्षा तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद्बाहिर कांग्रेसले निर्वाह गर्ने भूमिकाबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

    प्रदेश सरकारसँग सम्बन्धित पछिल्लो राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापनसम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाका विधानसम्बन्धी विषयसमेत बैठकका एजेन्डामा समावेश छन् ।

    कांग्रेसको आगामी महाधिवेशनको तयारी, पार्टीको आन्तरिक संगठन व्यवस्थापन तथा पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीको रणनीति तय गर्ने दृष्टिले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend