images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • सीटीईभीटीका २,२०० करार तथा ज्यालादारी कर्मचारीद्वारा...

सीटीईभीटीका २,२०० करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

सीटीईभीटीका २,२०० करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका छन्। ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २,२०० करार तथा ज्यालादारी कर्मचारीहरूले भक्तपुरको सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन् । लामो समयदेखि समान प्रकृतिको काम गर्दा पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै साउन १४ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले व्यवस्थापनले मागप्रति सुनुवाइ नगरेपछि केन्द्रीय कार्यालय घेराउ गर्न बाध्य भएको बताएका छन्।

    images
    images

    ​आन्दोलनरत कर्मचारीहरूले समान कामका लागि समान ज्याला, स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेसागत स्थायित्वको मुख्य माग राखेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend