images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनदेखि परीक्षा नतिजा...

त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनदेखि परीक्षा नतिजा समयमै सार्वजनिक गर्न अनेरास्ववियुको ३३ बुँदे माग

त्रिविमा शैक्षिक क्यालेन्डर कार्यान्वयनदेखि परीक्षा नतिजा समयमै सार्वजनिक गर्न अनेरास्ववियुको ३३ बुँदे माग

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ । विद्यार्थीहरूले तोकिएको समयमा नै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा समक्ष माग गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले आज सोमबार ज्ञापनपत्र बुझाउँदै शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी तोकिएको समयमानै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका सहसंयोजक हिक्मतकुमार बुढाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ३३ बुँदे मागपत्रमा  त्रिविका सबै तहका परीक्षा केन्द्रहरू अनिवार्य रूपमा आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने, १ हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा ६० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।

    images
    images

    मागपत्रमा निजी तथा आङ्गिक क्याम्पसमा शुल्कको वैज्ञानिक एवं पारदर्शी नियमन, किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था, थेसिस मूल्याङ्कन प्रणालीलाई विकेन्द्रीकरण गर्नुपर्ने माग गरिएको छ ।यस्तै, उत्तरपुस्तिका घरमै लगेर परीक्षण गर्ने परिपाटीको अन्त्य, त्रिविको अतिक्रमित जग्गा फिर्ता, डिजिटल विद्यार्थी सेवा पोर्टलको सुरुवात गरिनुपर्ने र डिन, निर्देशक तथा क्याम्पस प्रमुख जस्ता पदहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend