images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • अत्तर र डिओडोरेन्टले स्तन क्यान्सर गराउँछ...

अत्तर र डिओडोरेन्टले स्तन क्यान्सर गराउँछ ? यी हुन् स्तन क्यान्सरबारेका प्रमुख भ्रम

अत्तर र डिओडोरेन्टले स्तन क्यान्सर गराउँछ ? यी हुन् स्तन क्यान्सरबारेका प्रमुख भ्रम

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । स्तन क्यान्सर महिलामा बढी देखिने रोग हो । तर यसको अर्थ पुरुषलाई स्तन क्यान्सर हुँदैन भन्ने होइन । पुरुषमा पनि यो रोग हुन सक्छ । स्तन क्यान्सरबारे हाम्रो समाजमा विभिन्न भ्रम र मिथकहरू देख्न र सुन्न पाइन्छ । त्यसमध्ये एउटा हो अत्तर वा डिओडोरेन्टको प्रयोगले स्तन क्यान्सर गराउँछ भन्ने धारणा । तर विज्ञहरूका अनुसार अत्तर वा डिओडोरेन्ट प्रयोग गरेकै कारण स्तन क्यान्सर हुने प्रमाण छैन ।यो भ्रम मात्र हो । डिओडोरेन्ट वा अत्तरको प्रयोगले स्तन क्यान्सरको जोखिम बढाउँछ भन्ने वैज्ञानिक प्रमाण अहिलेसम्म भेटिएको छैन । त्यसैले अत्तर वा डिओडोरेन्ट प्रयोग गरेकै कारण स्तन क्यान्सर हुन्छ भनेर डराउनुपर्ने आवश्यकता छैन ।

    images
    images

    स्तनमा दुखाइ हुँदैमा क्यान्सर हुन्छ ?

    स्तनमा दुखाइ हुनु क्यान्सरको निश्चित संकेत होइन । धेरैजसो अवस्थामा स्तन दुख्नुका कारण महिनावारी, हर्मोनमा हुने परिवर्तन, सिस्ट वा अन्य सामान्य समस्या हुन सक्छन्। स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा प्रायः दुखाइ नहुन पनि सक्छ ।तर स्तनमा लगातार दुखाइसँगै नयाँ गाँठो देखिनु, स्तनको आकार वा स्वरूपमा परिवर्तन आउनु, छालामा असामान्य परिवर्तन देखिनु वा निप्पलबाट असामान्य तरल पदार्थ निस्कनु जस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ ।

    images
    images

    परिवारमा क्यान्सर नभए हुँदैन स्तन क्यान्सर ?

    यो पनि एउटा भ्रम हो । परिवारमा कसैलाई स्तन क्यान्सर नभएको अवस्थामा पनि व्यक्तिलाई स्तन क्यान्सर हुन सक्छ । पारिवारिक इतिहासले जोखिम बढाउन सक्छ, तर स्तन क्यान्सर हुने वा नहुने कुरा त्यसमा मात्र निर्भर हुँदैन ।स्तनमा गाँठो देखिँदैमा क्यान्सर हो ।स्तनमा देखिने सबै गाँठा क्यान्सरका कारण हुँदैनन् । धेरैजसो गाँठा क्यान्सररहित (बेनाइन) हुन्छन् । सिस्ट र फाइब्रोएडेनोमा यसका सामान्य उदाहरण हुन् । यद्यपि, स्तनमा नयाँ गाँठो भेटिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन । विशेषगरी गाँठो लगातार रहिरहेमा वा त्यससँगै स्तनको आकार, छाला वा निप्पलमा परिवर्तन देखिएमा चिकित्सकबाट आवश्यक परीक्षण गराउनु महत्त्वपूर्ण हुन्छ ।

    पुरुषलाई पनि हुन सक्छ स्तन क्यान्सर

    स्तन क्यान्सर पुरुषमा पनि हुन सक्छ, यद्यपि महिलाको तुलनामा यसको जोखिम निकै कम हुन्छ । पुरुषको छाती वा स्तनको भागमा असामान्य गाँठो, सुन्निने वा अन्य परिवर्तन देखिएमा चिकित्सकीय जाँच गराउनु आवश्यक हुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend