images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • लागुऔषध सेवन गरी सवारी चलाउने दुई...

लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापमा पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापमा पक्राउ

images
images
बुधवार, श्रावण २७ २०८३
बुधवार, श्रावण २७ २०८३
  • रामेछाप । लागुऔषध सेवन गरी सवारीसाधन चलाएको आरोपमा रामेछापमा दुई जना चालक पक्राउ परेका छन्। मन्थली नगरपालिका–१ स्थित रामनारायण चोकमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।

    images
    images

    प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–२ डाँडागाउँका ३७ वर्षीय सन्जु कार्की र सिन्धुलीको कमलामाई नगरपालिका–१९ ठूलो तेर्सेका २२ वर्षीय सुरेश मोक्तान रहेका छन्।

    कार्की प्रदेश ३–०१–००५ ख ९५०७ नम्बरको बस चालक हुन् भने मोक्तान मधेश प्रदेश ०३–००१ त ९९३८ नम्बरको ट्याक्टर चालक रहेको प्रहरीले जनाएको छ।

    images
    images

    मंगलबार मन्थलीको रामनारायण चोकमा सवारीसाधनका चालकलाई लक्षित गरी गरिएको लागुऔषध सेवन जाँचका क्रममा दुवै जनामा लागुऔषध सेवन गरेको पाइएको प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

    सवारीसाधन चलाउने चालकले लागुऔषध सेवन गरेको अवस्थामा दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले नियमित रूपमा परीक्षण तथा निगरानी गर्दै आएको जनाएको छ। सार्वजनिक तथा अन्य सवारीसाधन चलाउने चालकको लापरबाहीले यात्रु तथा सडक प्रयोगकर्ताको सुरक्षामा समेत गम्भीर असर पर्न सक्ने भएकाले यस्तो परीक्षणलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।

    पक्राउ परेका दुवै चालकलाई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट लागुऔषध सेवनको अवस्था तथा प्रचलित कानुनअनुसार हुने कारबाहीबारे थप प्रक्रिया अघि बढाइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend