images

२०८३ आश्विन २ गते

images
images
images

पोखरामा विविध कार्यक्रमसहित मनाइयो युवा दिवस

पोखरामा विविध कार्यक्रमसहित मनाइयो युवा दिवस

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • गण्डकी, २८ साउन । अन्तरराष्ट्रिय युवा दिवस बुधबार पोखरामा विविध कार्यक्रमसहित मनाइयो । दिवसका अवसरमा कविता गोष्ठीदेखि नाटक प्रदर्शनसम्मका गतिविधि भए । 

    images
    images

    गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले खुला कविता प्रतियोगिता आयोजना ग¥यो । प्रतियोगितामा पोखरा महानगरपालिका–१७ का स्रष्टा संयोग बस्यालको कविता प्रथम भएको मन्त्रालयका शाखा अधिकृत हीराबहादुर थापा मगरले जानकारी दिएका छन् । स्रष्टा मदन घिमिरेको कविताले दोस्रो, मिलन अधिकारी तेस्रो, सोनिया बास्तोला र आदर्श लम्सालले सान्त्वाना स्थान प्राप्त गरेका छन् ।

    पुरस्कृत स्रष्टालाई क्रमशः रु १५ हजार, १२ हजार, १० हजार र पाँच।पाँच हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र मन्त्रालयका सचिव डा शेषनारायण पौडेलले पुरस्कार प्रदान गरेका छन् ।

    images
    images

    प्रतियोगितामा १८ जना स्रष्टाले सहभागिता जनाएकामा तीमध्ये १० जना छनोट भई आजको समारोहमा कवितावाचन गरेका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा कविता प्रतियोगिता आयोजना गरिएको शाखा अधिकृत थापा मगरले बताएका छन् ।

    पोखरा महानगरपालिका, नगर युवा परिषद्ले पनि रचनात्मक क्रियाकलाप सहित दिवस मनाएको छ । सांस्कृतिक कार्यक्रम, मानसिक स्वास्थ्यसम्बन्धी नाटक प्रदर्शन, युवा उद्यमशीलता प्रवद्र्धन लगायतका कार्यक्रम गरिएको परिषद्ले जनाएको छ । 

    कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले युवाहरुलाई नयाँ अवसर प्रदान गरी उद्यमशीलता र नेतृत्व क्षमताको विकासमार्फत सशक्तीकरण गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताएका छन् ।उनले युवाको क्षमता, सिर्जनशीलता र ऊर्जालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न स्थानीय सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

    यस्तै, पोखरा जेसिजले ‘थिम’ सेमिनारसँगै साहित्यिक साँझको आयोजना गरी दिवस मनाएको हो । ‘परिष्कृत युवाः सशक्त नेतृत्व’ विषयमा आयोजित सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेसन जेडका युवा नेतृत्वकर्ता रक्षा बम वक्ताका रूपमा सहभागी भएका थिए । साहित्यिक साँझमा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जुनु), त्रुपक लगायतले सिर्जना वाचन गर्नुभएको थियो । पोखराका अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाएका छन् ।    

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend