images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल...

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न नेपाल मिडिया सोसाइटीको माग

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं, २८ साउन । जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ। सोसाइटीले विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई तत्काल र निशर्त रिहा गर्न माग गरेको हो।

    images
    images

    सोसाइटीका अनुसार प्रकाशित समाचारप्रति कुनै गुनासो वा कानुनी आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत हो।

    नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक व्यवस्थाका महत्वपूर्ण आधारस्तम्भ रहेको सोसाइटीले जनाएको छ। पत्रकारलाई समाचार प्रकाशनकै कारण पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने प्रवृत्तिले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने उसको भनाइ छ।

    images
    images

    नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीले पत्रकारिता र प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस स्वतन्त्रता, पत्रकारको व्यावसायिक अधिकार तथा स्थापित मान्यताको सम्मान हुनुपर्ने बताएका छन्।

    सोसाइटीले प्रकाशित समाचारका विषयमा कुनै कानुनी प्रश्न वा आपत्ति भए सम्बन्धित निकायले कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। साथै, पत्रकारमाथि हुने दबाब, हस्तक्षेप वा दमनले निर्भीक पत्रकारितालाई कमजोर बनाउने भन्दै यस्ता गतिविधिविरुद्ध निरन्तर खबरदारी गर्ने जनाएको छ।

    770883829_1033696156302501_7382134474246006621_n_8OETExLqDY.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend