images

२०८३ आश्विन २ गते

images
images
images

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • कास्की, २९ साउन । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । 

    images
    images

    गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नामथर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए ।

    “मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भने । उनका अनुसार घटनाको जानकारी पाएपछि  राति १ः२७ बजे प्र्रहरीचौकी नयाँपुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा चार जनाको टोली उद्धारका लागि खटिएको छ । 

    images
    images

    यसैगरी सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको प्रशासनले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पानीको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।  

    यसैगरी मोदी खोलाको बाढीले अन्नपूर्ण–८ स्थित विरेठाँटी नजिक बाटो कटान गर्दा नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको सहायक प्रजिअ बरालले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend