images

२०८३ आश्विन २ गते

images
images
images

दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक

दुध र चिनी नराखी कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौं ।संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् ।यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।दिनमा तीन देखि चार कप कफी पिउनु स्वाको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।  उनका अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।

    images
    images

    ठिक्क मात्रामा कफी पिउँदा ऊर्जा बढ्ने, मानसिक एकाग्रता राम्रो हुने, टाइप–२ मधुमेह, कलेजोको रोग तथा मुटुसम्बन्धी समस्याको जोखिम कम हुने गर्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ।यस्ता छन्, कफी सेवनका फाइदाहरु 

    ऊर्जा र सतर्कता
    कफीमा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँछ र अल्छीपन हटाइ ऊर्जा थप्छ।

    images
    images

    मधुमेहको जोखिम कम
    नियमित रूपमा सीमित मात्रामा कफी पिउँदा टाइप–२ मधुमेह हुने सम्भावना घट्छ।

    कलेजोको सुरक्षा
    कलेजोमा फ्याट जम्न नदिन र कलेजोको क्यान्सर वा सिरोसिसको जोखिम कम गर्न कफी सहयोगी हुन्छ।

    तौल नियन्त्रण
    यसले मेटाबोलिजम बढाएर क्यालोरी जलाउन मद्दत गर्छ।मानसिक स्वास्थ्यः अल्जाइमर र पार्किन्सन्स जस्ता मस्तिष्कसम्बन्धी रोगहरूको जोखिम कम गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend