images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि...

अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि ७ उम्मेदवार छनोट

अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि ७ उम्मेदवार छनोट

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । ​स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अङ्ग प्रत्यारोपण समन्वय समितिको रिक्त अध्यक्ष पदपूर्तिका लागि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी ७ जना उम्मेदवारहरूलाई छनोट गरेको छ। मन्त्रालयले गत असार २५ गते प्रकाशन गरेको सूचनाका आधारमा दर्ता भएका दरखास्तहरूमध्येबाट डा. आरती राई, डा. एकानन्द सिंह, डा. पुकार चन्द्र श्रेष्ठ, डा. महेश बहादुर अधिकारी, डा. मुकुन्द राज जोशी, डा. शैलेन्द्र श्रेष्ठ र डा. सम्पूर्णमान तुलाधरलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो।

    images
    images

    ​छनोटमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भदौ ५ गते बिहान १० बजे स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारमा आयोजना गरिनेछ। मन्त्रालयका अनुसार प्रत्येक उम्मेदवारका लागि प्रस्तुतीकरण गर्न अधिकतम १५ मिनेटको समय निर्धारण गरिएको छ।

    779842194_1725170358756571_4862706220235070452_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend