images

२०८३ आश्विन २ गते

images
images
images

बनेपामा गुँला पर्वको रौनक, बाजागाजासहित तीर्थस्थल परिक्रमा

बनेपामा गुँला पर्वको रौनक, बाजागाजासहित तीर्थस्थल परिक्रमा

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काभ्रेपलाञ्चोक । बनेपाको मानन्धर तथा शाक्यहरु ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलः ले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् ।यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । यस पर्वले नेवार समुदायको मौलिक कला, सङ्गीत, बाजागाजा, दाफा संस्कृति र सामाजिक एकताको प्रदर्शनका रुपमा लिइने गरिएको स्थानीय विश्वराम मानन्धरले बताए ।

    images
    images

    यसपर्वमा बिहानैदेखि परम्परागत बाजागाजाको धुनसँगै धार्मिकस्थलको परिक्रमा गर्ने प्रचलन रहेको छ । परम्परागत पोसाकमा सजिएका बाजागाजा बजाउने कलाकार तथा दाफा–सदस्य समूहमा सहभागी भई सांस्कृतिक धुन प्रस्तुत गर्दा बनेपाका पुराना बस्तीमा पर्वको छुट्टै रौनकता देखिएको पाइन्छ ।स्थानीय संस्कृतिकर्मीका अनुसार नयाँ पुस्तालाई सहभागी गराउँदै बाजा बजाउने, भजन गाउने र धार्मिकस्थल परिक्रमा गर्ने अभ्यास गराइनुले मौलिक संस्कृति पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुगेको छ ।यस पर्वमा विशेषगरी बौद्ध धर्मावलम्बीले भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्दै विहार तथा चैत्यको दर्शन गर्ने, दीप प्रज्ज्वलन गर्ने, पूजा तथा प्रार्थना गर्ने र धार्मिक यात्रामा सहभागी हुने गर्दछन् । धार्मिक आस्था र सांस्कृतिक परम्परालाई एकसाथ अघि बढाउने भएकाले यस पर्व नेवार समुदायको मौलिक जीवनशैलीसँग गहिरोसँग जोडिएको पर्वका रुपमा स्थापित गराइएको हो ।

    वाँख्यो दाफा भजन खलःले यस पर्वका अवसरमा गर्दै आएको सांस्कृतिक परिक्रमा कार्यक्रमले धार्मिक आस्थासँगै बनेपाको मौलिक सांस्कृतिक पहिचानलाई पनि उजागर गर्दै आएको बताइन्छ । पुस्तान्तरण हस्तान्तरण हुँदै आएको दाफा–भजन, परम्परागत बाजागाजा र सामूहिक धार्मिक–यात्रालाई निरन्तरता दिँदै खलःले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend