images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • स्वास्थ्य व्यवसायी परिषद्ले सुरु गर्‍यो ‘हेलो...

स्वास्थ्य व्यवसायी परिषद्ले सुरु गर्‍यो ‘हेलो एनएचपीसी’, अब अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने

स्वास्थ्य व्यवसायी परिषद्ले सुरु गर्‍यो ‘हेलो एनएचपीसी’, अब अनलाइनबाटै गुनासो दर्ता गर्न सकिने

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले आफ्नो सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ नयाँ गुनासो पोर्टल ‘हेलो एनएचपीसी’ औपचारिक रूपमा शुभारम्भ गरेको छ । अब सर्वसाधारण तथा स्वास्थ्य व्यवसायीहरूले परिषद्सँग सम्बन्धित आफ्ना गुनासो, समस्या तथा सुझावहरू अनलाइनमार्फत सजिलै दर्ता गराउन सक्नेछन् ।सेवाग्राहीले परिषद्को आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरी आफ्ना विषयहरू दर्ता गर्न सक्नेछन् । यस्तै, आफूले दर्ता गराएको गुनासोको वर्तमान अवस्था र समाधानको अपडेट समेत अनलाइनबाटै ट्र्याक गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

    images
    images

    पोर्टल मार्फत मुख्यगरी स्वास्थ्य व्यवसायीको पेसागत आचरण, सेवा प्रवाहको गुणस्तर, समाजमा हुने अनधिकृत तथा गैरकानुनी अभ्यासका साथै परिषद्बाट प्रवाह हुने विभिन्न प्रशासनिक सेवाहरूसँग सम्बन्धित विषयमा गुनासो वा सुझाव दर्ता गर्न सकिनेछ । परिषद्का अध्यक्ष सगुन पौडेलले सेवाग्राहीका आवाजलाई प्राथमिकताका साथ सुन्ने, बुझ्ने र शीघ्रातिशीघ्र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend