images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी सुरु,...

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी सुरु, व्यवस्थापन र पाठ्यक्रमबारे छलफल

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी सुरु, व्यवस्थापन र पाठ्यक्रमबारे छलफल

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्य’ अन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयमा छलफल सुरु भएको छ ।विद्यालय शिक्षाको सुधार, व्यवस्थापन तथा पाठ्यक्रमलाई व्यवस्थित बनाउन आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    images
    images

    शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार बास्कोटाले विद्यालय व्यवस्थापन र पाठ्यक्रमको स्वरूपबारे छलफल केन्द्रित रहेको बताए । छलफलमा विद्यार्थी, अभिभावकको सहभागिता रहेको छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले बजेट बढ्दा शिक्षाको बजेट घटेको बताए ।उनले भने- ‘संघबाट नै परिपत्र जाने गरेको छ । कक्षा १२ सम्म नजर नलागोस् ।’ समन्वय परिषद्को बैठक राख्ने हो भने शिक्षा क्षेत्रमा देखिएको मनमुटाब कम हुने उनले बताए । उनले अब आउने शिक्षा ऐनमा एक विद्यालय एक बस र होस्टेल हुनुपर्ने बताए । उनले संविधानमै स्थानीय तहमा शिक्षालाई एकल अधिकार समेटिएको भन्दै कक्षा १२ सम्म सङ्घले नजर लगाउन नहुने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend