images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • घरबाट हराएको दुई घण्टामै झाडीमा मृत...

घरबाट हराएको दुई घण्टामै झाडीमा मृत भेटिइन् दुई वर्षीया बालिका,व्यक्तिगत रिसइबीको आशंका

घरबाट हराएको दुई घण्टामै झाडीमा मृत भेटिइन् दुई वर्षीया बालिका,व्यक्तिगत रिसइबीको आशंका

images
images
आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • जनकपुर । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया नाबालिकाको हत्या भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।शम्भुनाथ नगरपालिका–३ निवासी मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घरको पछाडिपट्टि रहेको झाडीमा फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

    images
    images

    सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काका अनुसार नाबालिका हराएको सूचना प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो। खोजीका क्रममा उनी घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको देखिएको एसपी खड्काले बताए।घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको विवरण तथा घटनाबारे थप तथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend