images

२०८३ आश्विन २ गते

images
images
images

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • भक्तपुर, १२ भदौ । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । 

    images
    images

    रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजनहरू रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

    चाँगनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले समुन्द्र मन्थन गर्दा महादेवले विषपान गरेर छटपटिएर हिँड्दा नगरकोटको रत्नचुडेश्वरमा आएर त्रिसूलले खोपेर पानी निकालेर शयन गर्दा पनि शान्त नभएपछि रसुवाको गोसाइँकुण्ड पुगेर त्रिसूलले खोपर तलाउमा सुतेपछि शान्त भएको किम्वदन्ती रहेको बताएका छन् ।

    images
    images

    यहाँको धार्मिक महत्त्व धेरै रहेको बताउँदै उनले महादेवको पोखरीमा गोसाइँकुण्डको पानी आउने जनविश्वास रहेको र गोसाइँकुण्ड जान नसक्नेहरू यहाँ आएर दर्शन गर्दा पनि गोसाई कुण्ड पुगे बराबराको पुण्य प्राप्त हुने जनविश्वास रहेको बताएका छन् ।

     हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिएका छन् । महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरि नै भीड लागेको भन्दै उनले हिन्दू र बौध धर्मावलम्बीहरूले मेला भर्न आएको बताएका छन् ।

    काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउँदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौं वर्षदेखि यहाँ मेला लाग्दै आएको बताएका छन् ।

    उनले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्बीहरू विभिन्न झाकीसहित पूजा गरेका छन् । उनले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकैसमेत चढाउने गर्दछन् । उनका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् । 

    कालदहमा भीड 

    आजै भक्तपुर नगरपालिका व्यासीमा रहेको कालदहमा बिहानैदेखि भव्य मेला लागेको छ । भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेर बीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निको हुने धार्मिक विश्वास रहँदै आएको छ । आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend