images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख...

विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल

विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ,  १२ भदौ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटपछि सिर्जित अवस्थालाई संयमतापूर्वक व्यवस्थापन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताएकी छन् । अकल्पनीय विपद्ले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले यस्तो पीडाको सामना गर्दै उद्धार र पुनःस्थापनामा खटिन सबैलाई एकजुट हुन आह्वान गरेकी छन् ।

    images
    images

    उद्धारको पर्खाइमा रहेका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउनेलगायत मानवीय सहयोगमा जुट्न कार्यवाहक प्रमुख डङ्गोलले आग्रह गरेकी छन् ।

    सङ्कट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उनले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आमनागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गरेकी छन् ।

    images
    images

    “यो दुःखलाई केबल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, जहाँबाट जसरी सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु”, डङ्गोलले भनेकी छन् । 

    बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उनले भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिएकी छन् । कामपा बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै उनले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गरेकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend