images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • प्रसूतिका क्रममा जटिलता देखिएपछि कामीको हेलिकप्टरबाट...

प्रसूतिका क्रममा जटिलता देखिएपछि कामीको हेलिकप्टरबाट उद्धार

प्रसूतिका क्रममा जटिलता देखिएपछि कामीको हेलिकप्टरबाट उद्धार

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ, १२ भदौ । रूकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३२ वर्षीया मन्दया कामीलाई प्रसूतिका क्रममा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ ।

    images
    images

    सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर मन्दयाको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको हो ।

    गाउँपालिकाको सिफारिसका आधारमा सम्बन्धित निकायको समन्वयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट मन्दयालाई निःशुल्क उद्धार गरी कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend