images

२०८३ आश्विन २ गते

images
images
images

भोटेकोशी बाढी, शव व्यवस्थापन गर्न जटिल

भोटेकोशी बाढी, शव व्यवस्थापन गर्न जटिल

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • चितवन, १३ भदौ । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग  फेला परेका छन्  । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । 

    images
    images

    नदी किनारबाट  शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई  टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताएका छन् ।  उनले भने “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको  जोखिम रहन्छ ।” 

    भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ । 

    images
    images

    भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताएका छन् । अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताएका छन् । तीमध्ये चार जनाको पहिचान भएको छ । पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् । यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् । 

    भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ । उनले भने “बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।”  प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भने “शव गृह नजिक रहेका भवनका बिरामीलाई  बढी प्रभावित हुन नदिन सचेत छौँ ।”

    कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन् । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उनी बताउछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend