images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • भोटेकोशी बाढीः मधेसका सम्पर्कविहीन २२ जना...

भोटेकोशी बाढीः मधेसका सम्पर्कविहीन २२ जना परिवारको सम्पर्कमा

भोटेकोशी बाढीः मधेसका सम्पर्कविहीन २२ जना परिवारको सम्पर्कमा

images
images
शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • जनकपुरधाम, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्क विहीन भएका मधेस प्रदेशका १७१ जनामध्ये २२ जना परिवारको सम्पर्कमा आएका छन्।

    images
    images

    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीपछि प्रदेशका विभिन्न जिल्लाका १७१ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म २२ जना टेलिफोनमार्फत परिवार तथा आफन्तको सम्पर्कमा आएका हुन्।

    प्रहरीका अनुसार अझै १४९ जना सम्पर्कविहीन रहेका छन्। हालसम्म प्राप्त विवरणअनुसार सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्क विहीन छन्।

    images
    images

    विभिन्न जिल्लाका नागरिक सम्पर्कमा

    प्रवक्ता ढकालका अनुसार आज बिहानसम्म पर्साको पोखरिया नगरपालिका–५ का ओजिर अन्सारी, वीरगञ्जमा बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह र स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएका छन्।

    त्यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन र सलमान अन्सारी, ईशनाथ नगरपालिका–४ का सेख मजिद तथा चन्द्रपुर नगरपालिकाका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि परिवारको सम्पर्कमा आएका छन्।

    सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास र श्यामलाल मोक्तान तथा बागमती नगरपालिका–६ का दिपेश थापा पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

    महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल तथा धनुषाको सबैला नगरपालिकाका लक्ष्मण मेहता पनि सम्पर्कमा आएका छन्। त्यस्तै, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार पनि परिवारको सम्पर्कमा आएको प्रहरीको भनाइ छ।

    सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन्।

    सम्पर्कविहीनको विवरण संकलन तीव्र

    मधेस प्रदेशका विभिन्न जिल्लाबाट नागरिक सम्पर्कविहीन भएको सूचना आउन थालेपछि सम्बन्धित प्रहरी कार्यालयहरूले खोजी तथा उद्धारका लागि विवरण संकलन गरिरहेका छन्।

    बाढी तथा पहिरोपछि परिवार र आफन्तको सम्पर्कमा नरहेका व्यक्तिको खोजीका लागि विवरण संकलन भइरहेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए।

    मधेस प्रदेशका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत बाढीको चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्।

    प्रहरीले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय तथा स्थानीय प्रशासनलाई तत्काल जानकारी गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend