काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्मा ल्याब प्रा.लि.ले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग उपलब्ध गराएको छ।
कम्पनीका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा आवश्यक औषधि उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेमा उपचारमा प्रयोग हुने आवश्यक उपकरण तथा औषधिसमेत सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ।
विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगबाट स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई महत्वपूर्ण सहयोग पुग्ने कम्पनीको विश्वास छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
आर्या फार्मा ल्याबले विपद्को कठिन अवस्थामा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।




.gif)





