images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो...

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य

अमेरिका र इरानबिच द्वन्द्व भड्किएपछि बढ्यो कच्चा तेलको मूल्य

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि सोमबार कच्चा तेलको भाउ २ प्रतिशतभन्दा धेरैले बढेको हो । अमेरिकाले आइतबार इरानको लारक द्विपमा हमला गरेपछि इरानले यसको जवाफमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो ।यसैबिच सोमबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ डलर २१ सेन्टले बढेर प्रतिब्यारेल ९० डलर ३१ सेन्टमा पुगेको छ । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव ५१ प्रतिशत धेरै हो ।

    images
    images

    त्यस्तैगरी न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको भाउ पनि १ डलर ८३ सेन्टले बढेर ब्यारेलकै ८५ डलर २३ सेन्ट पुगेको छ ।यो पनि कोमेक्समा शुक्रबार कारोबार बन्द हुनु अघिको तुलनामा २ दशमलव १९ प्रतिशत धेरै हो । यसैबिच, ब्रेन्ट र डब्लूटीआई दुवैको मूल्य अगस्टमा सामान्य गिरावटमा रहने देखिएको छ । गत साता यी दुवैको मूल्य ४ प्रतिशतभन्दा बढी घटेको थियो, जुन लगातार तीन साताको वृद्धिपछि तेलको भाउमा देखिएको पहिलो साप्ताहिक कमी थियो ।आइतबार अमेरिकी सेनाले स्टेट अफ होर्मुजमा रहेको इरानको लाराक टापुमा दुई वटा रकेट प्रहार गरेको थियो । जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य आक्रमण थियो ।

    यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई सैन्य अड्डामा आक्रमण गरेको इरानको रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यमले सोमबार समाचार छापेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार सामाजिक सञ्जालमा इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका थिए ।तर, उक्त टापुमा आक्रमण भइरहेको कुनै प्रमाण भेटिएको थिएन । उक्त पोस्टसँगै ट्रम्पले एआईबाट बनाइएको भिडियो हालेका थिए । इरान युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबिच भइरहेका वार्ता यतिबेला गतिरोधमा छन् । यसैबिच मध्यस्थकर्ताहरू स्टेट अफ होर्मुज पुनः सञ्चालन गर्ने प्रयासमा जुटेका छन् । युद्ध सुरु हुनुअघि विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।‘हामीले दीर्घकालीन रूपमा द्वन्द्व चर्किनेभन्दा सीमित दायरामै टकराब हुने सम्भावना बढी देखिरहेका छौँ । स्टेट अफ होर्मुज पुनः सञ्चालनमा आउने समय सीमा भने द्वन्द्वमा हुने हरेक नयाँ घटनासँगै प्रभावित हुँदै आएको छ,’ डीबीएसका ऊर्जा अनुसन्धान प्रमुख सुव्रो सरकारले भने । 

    images
    images

    ‘यसअघि हामीले तेस्रो त्रैमासको अन्त्यसम्ममा अमेरिका र इरानबिच वार्ताका लागि पुनः संवादको अवस्थामा फर्किन सकिने अपेक्षा गरेका थियौँ । तर, अहिले त्यो सम्भावना कम हुँदै गएको देखिन्छ । त्यसैले स्टेट अफ होर्मुजको अवस्थाबारे थप स्पष्टता नआएसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५ देखि ९५ अमेरिकी डलरको दायरामा रहने अपेक्षा गर्न सकिन्छ,’ उनले भनेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend