images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • बाढी प्रभावित रसुवामा झाडापखालाका बिरामी देखिन...

बाढी प्रभावित रसुवामा झाडापखालाका बिरामी देखिन थाले, महामारीको जोखिम बढ्यो

बाढी प्रभावित रसुवामा झाडापखालाका बिरामी देखिन थाले, महामारीको जोखिम बढ्यो

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । बाढी प्रभावित क्षेत्रका नागरिकहरूमा झाडापखाला देखिन थालेको छ । प्रभावित क्षेत्रमा उपचारका लागि आएका नागरिकहरुमा झाडापखाला देखिन थालेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकीय टोली नेपाली सेनाको सहयोगमा बाढी प्रभावित क्षेत्र रसुवाको गोसाईंकुण्ड गाउँपालिका लिङलिङमा उपचारमा खटिएको छ । उपचारका क्रममा अहिले सो क्षेत्रमा झाडापखालाका दुई–चार जना बिरामीहरू समेत देखिन थालेका उपचारमा संलग्न डा‍.सरोजकुमार गोहिवारले जानकारी दिए । यस्तै, प्राकृतिक विपत्तिपछि मानिसहरूमा डर र त्रास पैदा भएकाले धेरैजसोमा ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ अर्थात् मानसिक आघातको समस्या देखिएको छ ।

    images
    images

    उनले पुराना बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह र घुँडा दुख्नेजस्ता समस्या बढी पाइएको बताए । दूषित पानीका कारण झाडापखाला र हैजाजस्ता महामारी फैलिन सक्ने उच्च जोखिम रहेकाले चिकित्सक टोलीले स्थानीयवासीलाई सरसफाइ र सावधानीका उपायहरूबारे सचेत गराएको छ ।बाढी प्रभावित क्षेत्रमा हाल नियमित सेवन गर्ने उच्च रक्तचाप र मधुमेहका औषधि, खाद्यान्न तथा विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्ने सुविधाको अभाव देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend