images

२०८३ आश्विन २ गते

images
images
images

पश्चिम नेपालमा तीन छठ्ठी पर्वको रौनक

पश्चिम नेपालमा तीन छठ्ठी पर्वको रौनक

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । आफ्ना छोराको दीर्घायुको कामना गर्दै पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायतका जिल्लामा महिलाहरूले तीन छठ्ठी पर्व मनाइरहेका छन् । भदौ शुक्ल षष्ठीको दिन घर नजिकै कुश रहेको ठाउँमा उनीहरूले पूजापाठ गरी तीन छठ्ठी पर्व मनाउने गरेका छन् ।पर्वका दिन बिहानै व्रतालु महिलाले महुवाको दतिवनले दाँत माझ्ने चलन छ । सो पर्वका दिन मधेसी समुदायका महिलाले बिहानै स्नान गरी व्रत, पूजापाठ र भजन कीर्तन गरी तीन छठ्ठी पर्व मनाउने गर्दछन् ।

    images
    images

    छोरा हुने महिलाले सन्तानको सुख, शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा प्राप्तिको लागि भनी यो व्रत राख्ने चलन रहेको नरेन्द्र चौधरीले बताए । व्रतका बेला कुशसँगै देवीहरूको मन्दिर पूजाआजा गर्ने प्रचलन छ । पूजाका लागि चिनी नहालेको दही, हल्दी, चामल, महुवा र चनालाई एकै ठाउँमा मुछेर प्रसाद बनाइन्छ ।कुशको पूजा गरी त्यसमा ६ वटा गाँठो बाँध्ने गरिन्छ, कुशको सामूहिक पूजा सकिएपछि महिलाहरूले समूह बनाएर तीन छठ्ठी पर्वको कथा समेत सुनाउने गर्दछन् । केही वर्ष यता तीन छठ्ठी पर्व मान्ने महिलाहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ ।

    वैदिक कालमा एक जनप्रेमी राजाले अनिकाल परेको भन्दै पोखरी खनाएका थिए । तर पोखरीमा पानी नआएपछि उनले आफ्नो नातिको बली दिएपश्चात् पोखरीमा पानी निस्किएको थियो । त्यसपछि राजाकी बुहारीले तीन छठ्ठी देवीको व्रत राख्दा पुनः राजाको नाति जीवित भएको किबन्ती छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend