images

२०८३ आश्विन २ गते

images
images
images
  • शिक्षा
  • होम सेन्टरमा असमानता भएको भन्दै सीटीईभीटीका...

होम सेन्टरमा असमानता भएको भन्दै सीटीईभीटीका विद्यार्थीको प्रदर्शन

होम सेन्टरमा असमानता भएको भन्दै सीटीईभीटीका विद्यार्थीको प्रदर्शन

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । ​प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका परीक्षार्थीहरूलाई समान व्यवहार गर्न माग गर्दै विद्यार्थीहरूले सीटीइभीटी केन्द्रीय कार्यालय अघि प्रदर्शन गरेका छन् ।हिजो बुधबार जारी  पत्रमा डिप्लोमा अध्ययनरत विद्यार्थीहरूले परीक्षामा होमसेन्टर (आफ्नै कलेजमा परीक्षा केन्द्र) को व्यवस्थाबारे देखिएको असमानताप्रति आपत्ति जनाएका छन् । यदि होम सेन्टर नदिने निर्णय हो भने त्यो सबै विद्यार्थीका लागि समान रूपमा लागू हुनुपर्ने वा दिने भए सबैलाई समान अवसर दिइनुपर्ने माग उनीहरूले राखेका छन्।

    images
    images

    ​टाढाका परीक्षा केन्द्रमा जाँदा यातायातको समस्या, अतिरिक्त खर्च, समयको बर्बादी र मानसिक तनाव बेहोर्नुपरेको भन्दै विद्यार्थीहरूले निष्पक्ष परीक्षाका अन्य उपाय हुँदाहुँदै परीक्षार्थीलाई अनावश्यक सास्ती नदिन आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend