images

२०८३ आश्विन २ गते

images
images
images
  • अन्य
  • सोड नेपालद्वारा राहत तथा मानवीय सहयोगलाई...

सोड नेपालद्वारा राहत तथा मानवीय सहयोगलाई निरन्तरता

सोड नेपालद्वारा राहत तथा मानवीय सहयोगलाई निरन्तरता

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । सोड नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिएको छ। संस्थाले पछिल्लो सात दिनको अवधिमा तेस्रो पटक नुवाकोट–रसुवा क्षेत्रमा पुगेर प्रभावित क्षेत्रको अवस्था तथा पीडित परिवारको अवस्थाबारे जानकारी लिएको जनाएको छ।

    images
    images
    Rahat Samaghri.jpg
    undefined

    बाढी प्रभावित क्षेत्रमा पुग्दा प्राकृतिक विपत्तिले पुर्‍याएको क्षति र त्यसबाट प्रभावित परिवारले भोगिरहेको पीडा अत्यन्तै गम्भीर रहेको सोड नेपालले जनाएको छ। विपत्तिका कारण प्रभावित नागरिकको अवस्था देख्दा मन अत्यन्तै भारी भएको संस्थाको भनाइ छ।

    सोड नेपालले सीमित साधनस्रोतका बीच दिनरात नभनी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेका सुरक्षा निकायका सुरक्षाकर्मी प्रति उच्च सम्मान र कृतज्ञता व्यक्त गरेको छ। विपद्को समयमा सुरक्षा निकायका जवानहरूले देखाएको समर्पण, साहस र सेवाभाव प्रेरणादायी रहेको संस्थाले उल्लेख गरेको छ।

    images
    images

    संस्थाले बाढीबाट प्रभावित नागरिक तथा परिवारले शीघ्र राहत पाउनुका साथै आवश्यक पुनःस्थापना र पुनर्निर्माण मार्फत सामान्य जीवनमा फर्किन सकून् भन्ने कामना गरेको छ।

    भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संस्था र स्वयंसेवी समूहहरूले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सोड नेपालले पनि मानवीय सहयोगलाई निरन्तरता दिँदै प्रभावित नागरिकको पीडामा साथ दिने प्रतिबद्धता जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend