काठमाडौँ, १८ भदौ । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ ।
नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्री सहितका उडान काठमाडौँ आइपुगेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीय सहित २१.५ टन राहत सामग्री रहेका छन् । उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जसले जारी नेपाली राहत तथा उद्धार प्रयासलाई थप सुदृढ बनाउन र भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न मद्दत गर्नेछ ।




.gif)





