images

२०८३ आश्विन २ गते

images
images
images

बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु

बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडाैँ । बुध्द एयरले आफ्नो नयाँ सिरिजको एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान नाइन एन–एओएस(9N-AOS) कलसाइन भएको उक्त जहाजले काठमाडौँबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । ६६ जना यात्रुसहित जहाज बिहान ८ बजेर ६ मिनेटमा काठमाडौँबाट नेपालगञ्जका लागि उडान भरेको थियो।बुध्द एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो । त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्नुका साथै रंगराेगनका काम सम्पन्न गर्न करिब एक महिना लागेको थियो ।यस एटीआर ७२–६०० जहाजको उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ । 

    images
    images

    क्षेत्रीय उडानका लागि प्रयोग हुने यस सिरिजका जहाजले तुलनात्मक रूपमा कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ । जहाजमा RNP-AR नेभिगेशन प्रणालीसमेत जडान गरिएको छ, जसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्था पनि उडान तथा अवतरणलाई थप सहज बनाउने विश्वास लिइएको छ ।यात्रुको सिट, ओभरहेडबिन पहिलेको सिरिजभन्दा ठुलो रहेको छ । जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनि प्रदूषण पहिलाको सिरिजभन्दा निकै कम हुने पनि विज्ञप्तिमा जनाइएको छ ।बुध्द एयरले केही समयभित्र थप एक अर्को एटीआर–७२–६०० सिरिजका जहाज भित्र्याउन तयारी गरेको छ ।बुध्द एयरसँग १४ वटा एटीआरर–७२–५०० एवं १ वटा एटीआरर–७२–६०० जहाजहरू रहेका छन् । बुध्द एयरले विगत यता २ वटा एटीआर जहाजहरू उडानबाट बिदाइ गरिसकेको छ । त्यसैगरि एउटा एटीआर ४२–३२० जहाजको थोरै उडान साईकल हुँदा पार्ट आउटका लागि युरोपस्थित जहाज कम्पनीलाई बिक्री गरेको थियो ।

    हवाई सेवालाई थप सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुध्द एयरले आफ्नो बेडामा नयाँ सिरिजको जहाज थप गरेको हो । थपिएको जहाजबाट उडान एवं मर्मत तालिकालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ ।बुध्द एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसी साताको ३ दिन एवं कोलकोता साताको ४ दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।

    images
    images

    ‘राजमार्ग सहज नहुँदा दसैँ, तिहार र छठपूजासम्म सस्तो भाडादर’

    भदौ १० मा रसुवामा आएको भीषण बाढीका कारण राजमार्गलगायत सडक पूर्वाधारमा क्षति पुगेपछि विभिन्न सडक आवागमन प्रभावित भएको छ । सडक आवागमन सहज नहुँदासम्म बुध्द एयरले न्यूनतम तथा सस्तो भाडादरमै उडान सञ्चालन गर्ने कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताएका छन् ।उनका अनुसार उक्त भाडादर नेपालीहरूका प्रमुख चाडपर्व दसैँ, तिहार तथा छठसम्म कायम रहनेछ । ‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो’, कार्यकारी अध्यक्ष बस्नेतले भने ‘यसैकारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’

    बस्नेतका अनुसार सस्तो भाडादरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने निश्चित छ । तर राष्ट्रलाई आवश्यकता परेको अवस्थामा यस्तो कदम चाल्नु पर्ने आफ्नो दायित्व भएको उनको भनाइ छ । ‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला । भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ,’ बस्नेतले भने, ‘अहिलेको परिस्थितिमा हामी सबै हृदयदेखि नै योगदान गर्नुपर्छ ।’हवाई उडानको कूल सञ्चालन खर्चमा हवाई इन्धनको लगभग ३५ देखि ४० प्रतिशत हुन आउँछ । पछिल्लो ७ महिनायता हवाई इन्धनको मूल्यवृद्धि लगभग शतप्रतिशत नै बढेको छ । हवाई इन्धनको मूल्य कम र स्थिर हुँदा एयरलाईन्सहरुले कम भाडादरमै सेवा दिन सक्छन् ।मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण उडानमा केही ढिलाइ हुनसक्ने भएपनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म  पुर्‍याउन बुध्द एयर प्रतिबद्ध रहेको बस्नेतले बताए।

    राहत सामग्रीको निःशुल्क हवाई ढुवानी

    बुध्द एयरले विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्क ढुवानी गरेको छ । अहिलेसम्म उसले ७ हजार ३ सय २२ केजी निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिसकेको छ । भद्रपुरबाट १०५ केजी, भरतपुरबाट २१८८ केजी, सुर्खेतबाट १२० केजी, धनगढीबाट १६६५ केजी, विराटनगरबाट २७२ केजी राहत सामग्रीको ढुवानी गरेको छ। त्यसैगरि भैरहवाबाट २०४८ केजी, सिमरा, पोखराबाट ७५५ केजी र नेपालगञ्जबाट २६ केजी राहत सामग्री ढुवानी गरेको बुध्द एयरले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend