images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • दक्षिण कोरियाका विदेशमन्त्री चो आज नेपाल...

दक्षिण कोरियाका विदेशमन्त्री चो आज नेपाल आउँदै

दक्षिण कोरियाका विदेशमन्त्री चो आज नेपाल आउँदै

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल भ्रमणमा आउँदै छन्। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारका विषयमा नेपाल सरकारसँग छलफल गर्न उनी नेपाल आउन लागेको हो।

    images
    images

    दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार तीनदिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपाली समकक्षी परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता हुनेछ। उनले बाढीपहिरोमा बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।

    भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीपहिरोपछि जलविद्युत् आयोजना निर्माणमा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डुसान इनर्जीबिलिटीका छ जना र कोरिया साउथ–इस्ट पावरका तीन जना कर्मचारी रहेको बताइएको छ।

    images
    images

    परराष्ट्रमन्त्री खनालसँगको भेटवार्तामा विदेशमन्त्री चोले बेपत्ता कोरियाली नागरिकको खोजी तथा उद्धारलाई थप प्रभावकारी र तीव्र बनाउने विषयमा नेपाल सरकारसँग छलफल गर्नुहुनेछ। साथै बाढीपहिरो प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि सहयोगका उपाय र नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध विषयमा समेत छलफल हुने जनाइएको छ।

    भ्रमणका क्रममा विदेशमन्त्री चोले नेपालमा परिचालित कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) का सदस्यलाई घटनास्थलमै पुगेर भेट गर्नुहुने कार्यक्रम छ। उनले उद्धार टोलीको कार्यप्रगतिको जानकारी लिनुका साथै टोलीका सदस्यलाई हौसला प्रदान हुनेछ।

    विदेशमन्त्री चोले बेपत्ता नागरिकको खोजीका लागि दक्षिण कोरियाली पक्षबाट परिचालित कम्पनीका प्रतिनिधिसँग समेत भेटवार्ता हुनेछ।

    दक्षिण कोरियाली सरकारले खोज तथा उद्धारका लागि नेपाल पठाएको केडीआरटीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग समन्वय गरी बेपत्ता नागरिकको खोजी गरिरहेको छ।

    उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, खोजी कुकुर तथा थर्मल इमेजिङ प्रविधि लगायतका उपकरण प्रयोग गरिरहेको छ। बाढीपहिरोका कारण दुर्गम तथा कठिन भूगोलमा प्रत्यक्ष पहुँच चुनौतीपूर्ण बनेपछि प्रविधिको प्रयोगमार्फत खोजी कार्यलाई तीव्रता दिइएको हो।

    विदेशमन्त्री चोको नेपाल भ्रमणलाई बाढीपहिरोपछि दुई देशबीचको खोज तथा उद्धार सहकार्यलाई थप प्रभावकारी बनाउने तथा विपद् व्यवस्थापनमा द्विपक्षीय सहयोग विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend