images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • हेलिकोप्टरबाट उद्धार गरिएकी रसुवाकी सुत्केरी र...

हेलिकोप्टरबाट उद्धार गरिएकी रसुवाकी सुत्केरी र नवजात शिशु काठमाडौँमा उपचाररत

हेलिकोप्टरबाट उद्धार गरिएकी रसुवाकी सुत्केरी र नवजात शिशु काठमाडौँमा उपचाररत

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गएको भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको थियो।गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएर तत्काल हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याइएको साे गाउँपालिकाका प्रवक्ता दावागाेम्बाे तामाङले  जानकारी दिए । 

    images
    images

    सुत्केरी आमा र नवजात शिशुलाई अस्पताल ल्याइएको साे अस्पतालले जनाएकाे छ । २९ वर्षीया गर्भवती तामाङलाई समय नपुगी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको हो। ३३ हप्ता ५ दिनको गर्भ रहेकी दोस्रोपटक आमा बन्न लागेकी हुन् ।  हाल एन्टीनेटल केयर वार्डको ३५ नम्बर बेडमा राखिएकी उनको स्वास्थ्य अवस्थाको थप मूल्याङ्कनका लागि भिडियो एक्सरे  तथा अन्य रिपोर्टहरू सङ्कलन गरी उपचार प्रक्रिया अघि बढाइएको अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend